एक आशिक - नेपाली कविता

एक आशिक

- श्रीदीप कैनी

26 One side love ideas in 2021 | one sided, cartoon girl drawing, love  cartoon couple

निराकार त्यो आकाश तिर

हारिसकेको साहस बोकि

लम्काउदै गरेको त्यो पाइला मा

नियतिको चाल होकि

तिम्रो प्रहार हो! मैले बुझ्नै सकिन

खै! मैले बुझ्नै सकिन ।।


त्यो कालो, मैलिएको बादल भित्र

आँशुका हजारौं कण हरु बोकि

बतास जस्तै आखिर कति डुलिरहूँ

वेदनाको झरि लाई रोकि

खै! मैले बुझ्नै सकिन ।।


अन्धकार त्यो अन्तरिक्षमा

तिम्रो लागि तारा को माला बोकि

तिम्लाई खोज्दा आफै हराउन लागेको म,

प्रकृतिको श्रापित होकि,

तिम्रो आशिक हो, मैले बुझ्नै सकिन

खै, मैले बुझ्नै सकिन ।।


प्रकाश को कमी त कहाँ भएको होर!

हिड्दै थिएँ आशा को दियालो बोकि

अनन्त अनि विचित्र त्यो दुनियाँ मा

तिम्रो मौनता को सन्नाहट होकि,

मेरो मन को आहट हो, मैले बुझ्नै सकिन

खै, मैले बुझ्नै सकिन ।।


लाचार भइ बसेँ तिम्रो अघि

मनको हुरी मा निराशा बोकि

सकिन बुझ्न त्यो सुन्दर बनावट

ईश्वरको अपार चित्रकारिता होकि

तिम्रो अटुट मित्रता हो, मैले बुझ्नै सकिन

खै! मैले बुझ्नै सकिन ।।



***

Comments

Popular posts