Chhanda kabita

 


(झ्याउरे छन्द)

- श्रीदीप कैनी 

  


Who do you see? Devata or Devi? | Creative Gaga | Beautiful art paintings,  India art, Amazing art painting


तिम्रा ति ठुला, चम्किला आँखा, देखेको पलमा
न निन्द्रा नै छ, न होस यहाँ, मेरो यो मनमा ।।


कोमल साह्रै, रसिला ओठ, के गर्नु बयान
रेशमी केश, वायुझैँ झुम्ने, जिवन्त विमान ।।


सम्झना तिम्रै, आँखामा ताजा, टोलाई बसेर
छातीमा तिम्रै, फोटोको फ्रेम, मायाले कसेर ।।


दुबोको माला, गलामा तिम्रो, सुर्कने कसेर
लैजान्छु घर, सिउँदो भरि, डोलीमा राखेर ।।

 

Comments

Popular posts